जिलोङ नेप्लिज एसोसिएसनले पाको फेस्टीवलको तयारी गर्दै
February 19, 2022
जिलोङ। अष्ट्रेलियाको जिलोङ नेप्लिज एसोसिएसन पाको फेस्टीवलको तयारीमा जुटिरहेको छ। बिगत १० बर्ष देखी पाको फेस्टिभल मार्फत नेपाललाई चिनाउँदै तथा नेपालको संस्कृती, कला, परम्परा, भाषा र पोशाकको बारेमा प्रचार प्रसार र संरक्षण गर्दै आएको यस संस्थाले यो बर्ष पनि भब्य रुपमा मनाउने तयारी गरेको छ।
जिलोङ तथा आसपासका क्षेत्र वरपर बसोबास नेपाली नागरिक तथा नेपाली पृष्ठभूमिका अष्ट्रेलियालीहरूलाई समस्या परेको बेलामा सहयोग गर्ने साथै विभिन्न चाडपर्व कार्यक्रमको समन्वय र सहजीकरण गर्ने उद्देश्यले सन् २०१२ मा स्थापना भएको जिलोङ नेप्लिज एसोसिएसनले २६ फेवुअरीमा हुन गइरहेको पाको फेस्टीवल २०२२ मा भब्य र सब्य रुपमा प्रस्तुत गर्ने तयारी गर्दैछ। अहिले जिएनएमा ८० जना रजिस्टर्ड सदस्यहरु हुनुहुन्छ भने, करीब ३५० जना सदस्यहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्दै आइराख्नु भएको छ ।
जिलोङका नेपाली समुदायले बिगत दश बर्षदेखी यस फेस्टिभलमा सहभागीता जनाएका छन्। त्यसैगरी हजारौको संख्यामा स्थानिय र सामुदायिक संघसंस्थादेखी स्कुल, कलाकार, व्यापार र व्यवसायीहरुले सहभागीता जनाउने गर्दछन्। नेपाल र नेपालीको कला, साँस्कृतीक विविधता, मेलमिलापलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन जिलोङ नेप्लिज एसोसियसनले गएका बर्ष जस्तै यस बर्ष पनि बिभीन्न जातजातीका झाँकी, नेपाली खाना लगायत अन्य विविध वस्तुहरुको प्रदर्शन गरेको आयोजक जिएनएका अध्यक्ष निरज करणजीतले बताउनु भयो।
नेपालीको सांस्कृतिक विविधता र एकताको बारेमा जानकारी गराउन सहयोग गरिदिनु हुन सम्पूर्ण भिक्टोरीयामा बसोबास गर्नु हुने संघसंस्था तथा नेपाललाई माया गर्ने सम्पूर्ण महानुभाबहरुमा जिलोङ नेप्लिज एसोसिएसनले हार्दिक अनुरोध समेत गरेको छ। साथै एकताबद्ध भएर अगाडी बढ्दा नै हाम्रो समुदायको शिर उच्च हुने हुँदा सबै मिलेर अगाडी आएर हातेमालो गर्न सम्पूर्ण समुदायमा जिएनएले आग्रह पनि गरेको छ।
Source: https://himalayankangaroo.com/2022/01/30/119036/?fbclid=IwAR1ycJYFAC18WB3VMy011j8Agr8yCK9P75U1zMIGmqc6QS7VssqU6HxGTPc